४ बैशाख २०८१, मंगलबार
Header

खवरदारी गर्न भूगोलपार्कमा हस्तक्षार अभियान, भोली ब्लायक आउट


प्रकाशित: शुक्रवार, ६ असार २०७६, २०ः२० बजे
- महानगरखवर

काठमाडौं । गुठी विधेयक खारेजको माग राख्दै शुक्रवार न्यूरोडको भूगोलपार्कमा हस्ताक्षर अभियान चलाएको छ । 


गुठी आन्दोलनका एक समिति राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिको आव्हानमा बेलुका ४ बजेदेखि ६ बजेसम्म हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो । 


हस्ताक्षर अभियानमा स्वर्तफूर्त मानिसहरु सहभागी भएर गुठी विधेयक खारेज गर लेखि हस्ताक्षर गरेका थिए । सरकारले विधेयक फिर्ता गरेको कुरालाई सकारात्मक भन्दै विधयेक खारेज आफूहरुको बटमलाईन भएको समितिले जनाएको छ । 


त्यसैगरी सरकारलाई खवरदारी गर्न भोली (शनिवार) बेलुका ७ः३० बजे ब्ल्याक आउट गर्ने कार्यक्रम रहेको नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले जानकारी दिएको  ।


समितिले सरकारलाई दवाव सिर्जना गर्न यस किसिमको कार्यक्रहरु गरिएको बताए । 


आगामी आन्दोलनबारे समितिसँग छलफल भईरहेकोले असार १० गतेपछि आन्दोलनका कार्यक्रमहरु तय गरिने भएको उनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD