११ बैशाख २०८१, मंगलबार
Header

खबरदारी सभाको मागः गुठी विधेयक खारेज गर ! 


प्रकाशित: बुधवार, ४ असार २०७६, १८ः०० बजे
- महानगरखवर

काठमार्डौ । माईतीघर मण्डलमा बुधवार गुठी विधेयकविरुद्ध भएको खवरदारी सभाले एक स्वरमा गुठी विधेयकको खारेजीको माग गरेको छ । 


सडक र सदनको दवाव सहन नसकेपछि मंगलबार सरकारले ५ मिनेटको पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता गरेको घोषणा गरेको थियो ।


आन्दोलनको संयुक्त सघर्ष समितिले विधेयक फिर्ता हैन खारेज हुनुपर्ने भन्दै बुधबारको सभालाई खवरदारी सभामा परिणत गरेको हो ।

 
विहान ११ बज्दा नबज्दै माईतीघर मण्डलमा देखिएको हजारौं मानिसको एउटै स्वर थियो, ‘गुठी विधेयक खारेज गर !’ स्वर्तफूर्तमा रुपमा उपत्यकाका ३ वटै जिल्लाका मानिसहरुले गुठी विधेयकको चर्को विरोध गर्दै विधेयक खारेज नभए आन्दोलन यो भन्दा चर्को हुने चेतावनी दिएका थिए । 


यसै सन्दर्भमा नेवाः देय् दवूकका अध्यक्ष नरेश ताम्रकारले खवरदारी सभापछि गुठी आन्दोलनको नयाँ रणनीति तथा कार्यक्रम बनाउने बताएका छन । 


उनले सरकारलाई आजको विशाल सभाले जवाफ दिएको भन्दै विधेयक फिर्ता लिएर आन्दोलन दवाउने रणनीति असफल भएको दावी गरे । विधेयक खारेजी भएपछि मात्र सरकारसँग छलफल हुने जानकारी दिए । 


राष्ट्रिय सभाबाट औपचारिक रुपमा विधेयक फिर्ता लिएर सरकारले खारेजीको घोषणा गरेपछि मात्र संघर्ष समितिसँग वार्ताको वातावरण बन्ने ताम्रकारले बताए । 


सरकारको तर्फबाट औपचारिक रुपमा छलफलको लागि अहिले सम्म कुनै पहल नभएको भन्दै हाम्रो आन्दोलन जारी नै छ र कार्यक्रमहरु भईरहने उनले भने । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD