१४ बैशाख २०८१, शुक्रबार
Header

कोरोना संक्रमित युवतीसँगै आएका अन्य यात्रुको खोजी गर्दै सरकार


प्रकाशित: सोमबार, १० चैत्र २०७६, १५ः०० बजे
- महानगरखबर

काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी एक नेपाली युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । 


सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमवार दिउँसो पत्रकार सम्मेलन गरेर ती युवतीमा कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन । 


१९ वर्षीया युवतीको दोस्रो पटक पनि स्वास्थ्य परीक्षण गरिने टेकु अस्पतालले बताएका छन । संक्रमणको पूर्ण पुष्टि हुन दोस्रो पटक पनि परीक्षण गर्ने गरिन्छ ।


अस्पताका अनुसार कहिलेकाहीँ पहिलो परीक्षणमा ‘पोजेटिभ’ देखिए पनि दोस्रोमा नेगेटिभ देखिने गर्छ । 


उनी गत चैत ४ गते काठमाडौं आएकी थिइन । त्यसपछि सेल्फ क्वारेन्टाईनमा बस्ने क्रममा सामान्य सुख्खा खोकी बढेपछि उनले शुक्रबार टेकु अस्पतालमा आइसोलेसनमा भर्ना भएकी थिईन । 


उनलाई  १४ दिन निगरानी राखिने चिकित्कसले बताएका छन । दोस्रो परीक्षणमा नतिजा नेगेटिभ देखिए बिरामीलाई डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।


ती युवतीमा कोरोना भाइरस देखिएपछि उनको परिवारलाई पनि सरकारले क्वारेन्टिनमा बस्न लगाएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले उनी आएको प्लेनमा सँगै आएका अरू यात्रुहरुको खोजी भइरहेको जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD