१५ चैत्र २०८०, बिहिबार
Header

कोरोना संक्रमित भन्दै झुठो प्रचार फैलाउने पक्राउ


प्रकाशित: शनिवार, ८ चैत्र २०७६, १६ः३० बजे
- महानगरखबर

काठमाडौं । कोरोना भाईरसबाट मानिस संक्रमित भएको भन्दै झुठो समाचार फैलाउने युवक पक्राउ परेको छ । 


प्रहरीको साईवर टिमले रामेछाप घर भई भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई पक्राउ गरेको हो । 


उनले कोरोना भाइरससम्बन्धी अडियो बनाएर भ्रमपूर्ण समाचार फैलाएको थियो । उनले नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्दै उनले अडिओ सार्वजनिक गरेका थिए । 


नर्भिक अस्पतालले उक्त कुरा झुठो भएको भन्दै विज्ञप्ती नै जारी गरी कोरोना संक्रमण कुनै पनि विरामी अफ्नो अस्पतालमा नभएको बताएका थिए ।


उक्त अडियो म्यासेन्जरमा भाइरल भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD