२ कार्तिक २०७६, शनिबार
dasai suv 2076

कृष्णबहादुर महरा पक्राउ


प्रकाशित: आईतबार, १९ असोज २०७६, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । यौन दुव्र्यवहारको आरोप लागि सभामुख पदमुक्त भएको कृष्ण बहादुर महरा पक्राउ परेको छन । 


प्रहरीले महरालाई आईतबार बालुवाटार निवासबाट पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट महरालाई पक्राउ पुर्जी जारी गरे लगत्तै प्रहरीले महरालाई पक्राउ गरेको हो । 


आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले बलात्कारको प्रयास गरेको आरोप सहितको उजुरी नयाँ बानेश्वर प्रहरी बृतमा दर्ता गराएपछि प्रहरी कार्वाही अघि बढेको थियो । 


महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोली महरालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।


असोज १२ गते आइतबार महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा गई शाही माथि बलात्कार प्रयास गरेको भन्दै शाहीले मिडियालाई बताएकी थिईन । 


तर महराले राजीनामा दिए लगत्तै शाही महरा आफ्नो कोठामा नआएको भन्दै आरोपको प्रतिवाद गरेकी थिईन । 

 

jibanshaili
tamrakar samaj


dasai shusil
dasai bijay
dasai ishower
munna jaiswal
dasai naya
chunikhel badhstahal
maa dakshinkali
bijay card
tika travel
D R Shushil