१६ चैत्र २०८०, शुक्रबार
Header

उपत्यकावासीको आन्दोलन थेग्न नसकिनेः कांग्रेस सांसद प्रधान, आज मंगलबजारमा प्रदर्शन हुने


प्रकाशित: विहिवार, ३० जेठ २०७६, १२ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेस सांसद भीमसेनदास प्रधानले गुठी विधेयकविरुद्ध उठको उपत्यकावासीको आन्दोलन सरकारलाई चुनौती हुने बताएका छन । 


उनले विहिवारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सरकारले अबिलम्ब विधेयक फिर्ता लिएर संसोधनमा नगए यो अन्दोलनले सरकारलाई कहाँ पुगाउल भन्न नसकिने सुझाव दिए । 


काठमाडौंमा दिनहुँ चलिरहेको सरकारविरुद्ध आन्दोलनले बृहत रुप लिँदै गएकोले समयमै उपत्यकावासीको मागलाई सम्बोधन गर्न आग्रह गर्दै यहाँको जनताको उठेपछि कसैले कुनै शक्तिले पनि केही गर्न नसक्ने चेतावनी दिएका थिए । 


उनले काठमाडौंको जनता जुरुकै उठेपछि राजतन्त्र सकिएको स्मरण गराउँदै उपत्यकावासीको आस्थामा चोट पुग्ने गरि ल्याएको गुठी विधेयक खारेज गर्नमा जोड दिए । 


यसैविच गुठी विधेयकविरुद्ध विहिवार ललितपुरको मंगलबजारमा बृहत प्रदर्शनी हुने भएको छ ।


नेवाः राष्ट्रिय देयः दबूका अध्यक्ष नरेश ताम्राकारले दिएको जानकारी अनुसार ललितपुरका १९ वटा जातिय संगठनको आयोजना विरोध कार्यक्रम हुन गईरहेको हो ।


सो विरोध प्रदर्शनमा उपत्यकाभरिका गुठी सरोकार संघ, संस्था, स्थानीय, सम्पदाप्रेमीहरुले ठुलो संख्यामा सहभागी जनाउने भएको अध्यक्ष ताम्राकारले बताए । 


त्यसैगरी आजै इन्द्रचोकमा १२ बजे नेवाः मुस्लिम समाजले पनि गुठी विधेयकको विरुद्धमा विरोध सभा गर्ने भएको ताम्रकारले जनाकारी दिए । 


सभालाई अध्यक्ष ताम्राकारसँगै सम्पदा अभियान्ताहरु, गुठीयार, जातिय पुचःखल, भाषा खलका प्रतिनिधिहरुले सम्बोधन गर्ने भएको छ । 


हिजो काठमाडौंको न्यूरोड क्षेत्रमा राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिको आयोजनमा मैनबत्ति जुलुस प्रदर्शन गरिएको थियो भने कीर्तिपुरमा पनि विरोध प्रदर्शन गरिएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD