१६ चैत्र २०८०, शुक्रबार
Header

आरक्षण बचाऔंं भन्दै राजधानीमा सिटी जुलुस, मण्डलामा आज प्रदर्शन


प्रकाशित: मंगलवार, ३१ असार २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । लोकसेवा विज्ञपान असमावेशी भएको भन्दै आन्दोलन थालेको नेपाल आदीवासी जनजाति महासंघले राजधानीमा सिटी जुलुस निकालेको छ । 


सोमबार आरक्षण बचाऔं, असमावेशी लोकसेवा विज्ञापन खारेज गर भन्दै विशला संख्यामा सहभागी काठमाडौंमा सिटी जुलुस प्रदर्शन गरिएको थियो । 


सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै जुलुसले काठमाडौं विभिन्न स्थान परिक्रममा गरेको थियो । 


त्यसैगरी मंगलवार माईतीघर मण्डलामा बहृत विरोध सभा गर्ने भएको छ । विहान ११ बजे काठमाडौंको भृकुटीमण्डप, बानेश्वर, न्युरोड विशाल बजार र ललितपुरको कुपुण्डोलमा ११ बजे भेला भएर मण्डला आउने कार्यक्रम रहेको छ । 


स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गरेर लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञपानमा आदीवासी जनजाति, मुस्लिम, दलितहरुको आरक्षण कोटालाई मासेको भन्दै चर्को विरोध हुँदै आएको छ । 


आईतबार राजधानी लगायत देशभरीनै मसाल जुलुस प्रदर्शन गरिएको थियो भने काठमाडौंमा प्रहरी हस्तक्षेप भएको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD