१६ चैत्र २०८०, शुक्रबार
Header

आईफा अवार्ड नरोकिने, मास्क लगाएर मेरो विरोधः प्रधानमन्त्री ओली


प्रकाशित: शुक्रवार, २० असार २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । चौतर्फी विरोधको घेरामा परेपछि आईफा अवार्ड गर्न पछि हटेको सरकार फेरी आईफा अवार्ड गरेर छाड्ने दृढतामा देखिएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको आईफा अवार्ड कार्यक्रम समयअनुकुल मिलाएर, देशलाई हित हुने गरी गरिने शुक्रवार एक कार्यक्रममा बताएका छन । 


प्रम ओलीले उक्त कार्यक्रमको नगर्न भनि संसदको अन्तराष्ट्रिय समितिले दिएको निर्देशन अनुचित भएको भन्दै हल्ला भरको दिएको सो निर्देशन अनाधिकृत भएको बताए । 


नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपयोगी हुने भएकाले सरकारले सो अवार्ड आयोजना गर्न लागेको ओलीले बताउँदै ‘सर्वनाश हुने भो’ भनी प्रचार गर्ने काम संसदीय समितिले गरेकोमा असुन्तिष्टी पोखे । 


समाजवादी पार्टी नेपालका असुन्तुष्ट नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा प्रम ओलीले काठमाडौं धुलोको विषयमा आएको विरोधबारे चर्चा गरेका थिए । 


प्रधानमन्त्री ओलीले काठमाडौंको घुलो कम भएको र मास्क नलागाई हिड्न सक्ने अवस्था भएको दिएको अभिव्यत्तिलाई लिएर गरिएको विरोधप्रति कटाक्ष हानेका छन । 


प्रधानमन्त्री ओलीले भने,‘मेरो सो अभिव्यक्तिपछि केहीले विरोधका लागि माक्स लगाएर हिँडन थालेका छन’ प्रधानमन्त्री ओलीको दावी थियो, ‘माक्स लगाउने बानी राम्रै हुन्छ, मेरो रिसले भए पनि माक्स लगाउने बानी रामै्र हुन्छ, यसले काठमाडौंको बाटो सफा गर्ने सरकारको काम रोकिदैन ।’
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD