१३ बैशाख २०८१, बिहिबार
Header

असंबैधानिक लोकसेवा विज्ञापनबिरुद्ध मण्डलामा प्रदर्शन


प्रकाशित: मंगलवार, ३१ असार २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । असंबैधानिक लोकसेवा विज्ञापनविरुद्ध मंगलवार माईतीघर मण्डलमा प्रदर्शन गरिएको छ । 


असामेवशी लोकसेवा विज्ञापन खारेजीको माग गर्दै मण्डलामा सरकारको चर्को विरोध गर्दै संघीय मामिला तथा सामन्य प्रशानमन्त्री लालबाबु पण्डितको राजीनामा माग गरेको छ । 


आदीवासी जनजाति, दलित, महिला, अल्पसंख्यक मुस्लिम समुदायको संवैधानिक अधिकार कटौती गरेर सररकाले असंसबैधानिक काम गरेको वक्ताहरुले बताएका थिए । 


नेपाल आदीवासी जनजाति महासंघको नेतृत्व आरक्षण बचाऔं आन्दोलन सुरु गरेपछि देशभरी सडक आन्दोलन सुरु गरेको छ । 


लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन असामेवशी भएको, आरक्षणमा कटौती गरेको भन्दै महासंघले श्रावण २ र १० गते नेपाल बन्द आव्हान गरेपनि हाललाई फिर्ता गरेको छ । 


यस अघि सर्वोच्च अदालतमा लोकसेवा विज्ञापन खारेजको माग गरेको रिटमा सर्वोच्चले विज्ञापन नरोक्न आदेशपछि महासंघले आन्दोलन कडा परेको हो । 

 

लोकसेवा आयोगले स्थानीय तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा ९१६१ कर्मचारी माग गरेपछि समावेशी नभएको भन्दै महासंघले सर्वोच्चमा रिट दायर भएको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD