८ बैशाख २०८१, शनिबार
Header

अन्ततः सरकार पछि हट्यो, गुठी विधेयक फिर्ता, मण्डलाको प्रदर्शन नरोकिने


प्रकाशित: मंगलवार, ३ असार २०७६, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । गुठी विधेयकको चौतर्फी विरोध सहन नसकेपछि अन्ततः सरकार पछि हटेको छ । 


मंगलवार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिईन । 


उनले विधेयकको विषयमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावारण विथोल्ने प्रयास भएकोले सरोकारवाहरुसँग छलफल गरेर मात्र अघि बढ्ने जानकारी दिँदै राष्ट्रिय सभामा पेश भएको सो विधेयक फिर्ता लिएको बताईन । 


सरकारले विधेयक फिर्ता लिएको घोषणा गरेपनि गुठी आन्दोलन जारी रहेको भन्दै बुधवार माईतीघर मण्डलमा आयोजित सभा भने नरोकिने आन्दोलनको संयुक्त मोर्चाले जनाएको छ । 


संयुक्त मोर्चाले भोली हुने हुने सभामा सम्पूर्ण उपत्यकावासीलाई सहभागी हुन आव्हान गरेको छ । मोर्चाले फिर्ता नभई विधेयक खारेजी हुनु पर्ने मोर्चाको माग रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD