७ बैशाख २०८१, शुक्रबार
Header

अन्ततः रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दर्ता


प्रकाशित: आईतबार, ८ भाद्र २०७६, २१ः२० बजे
- महानगरखवर

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा समातिएका चर्चित पत्रकार रवि लामिछानेसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।


जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरु विरूद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको हो । 


पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा समातिएको उनीहरुविरुद्ध मुद्धा हाल्न प्रयाप्त प्रतिवेदन भएको भन्दै मुद्दा दर्ता गरेको कार्यलयले जनाएको छ । 


पुडासैनी आत्महत्या प्रकरण अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको थियो ।


प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माका अनुसार तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको हो।


अदालत श्रोतका अनुसार आरोपीहरुसँग बयान सुरु भएको र बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ ।


उनीहरु दोषी ठहरिए ५ बर्ष जेल र ५० हजार जरिवना हुने प्रचलित कानुनमा प्रावधान रहेको छ । 


लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेर अनुन्धान अघि बढाएको थियो । लामिछानेसँगै अस्मिता कार्की र युवराज कँडेललाई पनि पक्राउ गरेको हो ।


पुडासैनी साउन २१ गते चितवनको एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD