काठमाडौं । स्वास्थ्य बीमा गरेका नागरिकले यदी निजी तथा सामुदायिक अस्पतालमा उपचार गरे २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने व्यवस्थया गरिएको छ ।
स्वास्थ्य बीमा बोर्ड बैठकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउने नागरिकले २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने निर्णय २४ फागुनमा गरेको हो ।
यस अघि बीमा गरेकाहरुले स्वास्थ्य बीमामा कुनै पनि शुल्क नतिर्नु पर्ने व्यवस्थामा भएपनि सुविधाको दुरुपयोग भएको भन्दै बोर्डले १० प्रतिशत सह–भुक्तानीको व्यवस्था १ माघदेखि लागू गरेको थियो ।
तर अहिले कार्यवधिलाई पुनः परिमार्जन गर्दै बोर्डले निजी र सामुदायिक अस्पतालको हकमा २० प्रतिशतको सहभुक्तानी गर्नुपर्ने निर्णय गरेका हो । सरकारी अस्पतालमा भने सह–भुक्तानी १० प्रतिशत नै कायम छ ।
स्वास्थ्य संस्थाहरुले सेवाग्राहीलाई खर्च र सुविधाको थैली बारेमा स्पष्ट बुझाई कुल खर्चको २० प्रतिशतले हुन आउने रकम सेवाग्राहीसँग लिनुपर्नेछ ।
तर गरिब, विपन्न वर्गलाई भन्ने सह–भुक्तिानीका नीति लागू नुहने बोर्डले जनाएको छ ।
अति गरिब, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपांगताको रातो कार्ड पाएका व्यक्ति, एचआइभी एड्स संक्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकाका लागि यो नियम लागु नहुने भएको छ ।
त्यसैगरी, बोर्डका प्राथमिक स्वास्थ्य केन्द्र र १५ शय्यासम्मका सरकारी अस्पतालमा पनि सहभुक्तानीको व्यवस्था लागु हुने छैन ।
संघीय अस्पताल, २५ शय्या माथिका प्रादेशिक अस्पताल, निजी वा सामुदायिक अस्पतालमा भने सहभुक्तानीको व्यवस्था लागू हुनेछ ।
Categorized in स्वास्थ्य