काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल सामाजिक सञ्जालमा निःशुल्क बीमाको नाममा गरिएको भ्रामक प्रचार गर्नेलाई कार्वाही गर्ने जनाएको छ ।
मन्त्रालयले नेपाल सरकारको लोगो प्रयोग गरी निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाइएकोले त्यस्तो कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
फेसबुकलगायत सामाजिक सञ्जालमा नेपाल मन्त्रालयको नाममा विभिन्न उमेर समूहको लागि निःशुल्क स्वास्थ्य बीमा भनी भ्रामक विज्ञापन तथा सूचनाहरू प्रसारण गरेको पाएको छ ।
मन्त्रालयले त्यस्ता सूचना, विज्ञापनमा कुनै सत्यता नभएकाले विज्ञापनमा क्लिक नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।
यस्ता गलत तथा भ्रामक सूचना र विज्ञापन प्रसारण गर्नेहरूलाई कानुनअनुसार कारबाही प्रक्रिया समेत अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
Categorized in स्वास्थ्य