४ जेठ २०८१, शुक्रबार
Header

सुहाङ खड्का भन्दा कति मतले अघि, अब इलाम नपाको मतगणना हुने


प्रकाशित: सोमवार, १७ बैशाख २०८०, २१ः१० बजे
- महानगरखबर

काठमाडौं । इलाम–२ का एमाले उम्मेदवार सुवाङ नेम्बाङ पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका डम्बरबहादुर खड्का भन्दा ६ हजार ४३९ मतले अगाडी छन ।


नेम्वाङले अहिलेसम्म १९११४ मत पाएका छन भने खड्काले १२,६७५ मत पाएका छन । 


तेस्रो स्थानमा रहेका मूढा चुनाव चिन्हका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९४१० र रास्वपाका उम्मेदवार मिलन लिम्बूले ३२४२ मत पाएका छन । 


अब इलाम नगरपालिकाको मतगणना हुने तयारी भईरहेको छ । इलाम नपामा ३२ हजार ४४१ मतदाता रहेकोमा २० हजार ६६५ मत खसेको छ । 


यता बझाङ (१) को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन । 


सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन ।


उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन ।  माओवादी केन्द्रका उम्मेदवार जनक बुढाले ३ हजार ८३१ मत पाएका छन । 


त्यस्तै एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत पाएका छन ।


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD