काठमाडौं । शुक्रवार सूनको मूल्यले आफ्नो पुरानो रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ पुगेको छ ।
यस अघि उक्त दिन सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । आज सय रुपियाँले बढि हो ।
तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यमा गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार सात सय २० रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार सात सय २५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो ।
Categorized in बजार