काठमाडौं । शुक्रवार सुनको मूल्यमा एक हजार चारसय रुपियाँले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी एक लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार प्रतितोला दुई सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो ।
शुक्रबार चाँदीको मूल्यमा २० रुपियाँ बढेर प्रतितोला १६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ ।
Categorized in बजार