काठमाडौं । ललितपुर उद्योग बाणिज्य संघको मतदान सम्पन्न भएको छ ।
शनिवार विहान ८ बजेदेखि जवालाखेलस्थित स्टाफ कलेजनमा भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियो ।
अहिले मतगणनाको तयारी भईरहेको अध्यक्षका स्वतन्त्र उम्मेदवार रविन्द्रराज ताम्रकारले जानकारी दिएका छन ।
मतगणना बाणिज्य संघको कार्यालय मंगलबारजारमा हुने उनले बताए ।
अध्यक्षको प्रतिस्पर्धामा संघका बर्तमान बरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य र महासचिव रुपकमान महर्जन प्यानलसहित प्रतिस्पर्धामा उत्रेका छन ।
तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in अर्थबजार