काठमाडौं । ललितपुरका विभिन्न वडा क्षेत्रहरुमा शुक्रवार विद्युत आपुर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत प्राधिकराण लगनखेल वितरणका अनुसार चिबहाल गेटदेखि सिमाको चोकसम्म चापागाउँ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने काम गर्नुपर्ने विहान १० बजेदेखि ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएका हो ।
गोदावरी नगरपालिकाका वडा नम्बर ११, १२, १३, ५ र ६ नम्बर वडामा बिजुली बन्द हुनेछ ।
यसैगरी लेले, टीकाभैरव, नल्लु, चापागाउँ, टाखेल, ठेचो, झरुवारासी लगायतका स्थानहरुमा पनि बिजुलीको लाइन काटिने प्राधिकरणले जनाएको छ ।
Categorized in प्रबिधि