५ जेठ २०८१, शनिबार
Header

मतदान सकियो, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान


प्रकाशित: शनिवार, १५ बैशाख २०८१, २०ः१० बजे
- महानगरखबर

 काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा निर्धारित समय बेलुका ५ बजे मतदान सम्पन्न भएको जनाएको छ । 


शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचनमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको आयोगले जनाएको छ । 


साँझ अयोगले जारी गरेको विज्ञप्ति अनुसार इलाम–२ मा ५८ प्रतिशत र बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ५० प्रतिशत मतदान भएको छ । 


आयोगले दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको जनाएको छ । इलाम– २ मा ५९ दशमलव ७८ प्रतिशत र बझाङ– १ प्रदेशसभा निर्वाचन क्षेत्रमा ५२ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।


उपनिर्वाचनमा इलाम–२ मा १ लाख १५ हजार ८८९ मतदाता र बझाङ–१ प्रदेश सभा क्षेत्रमा ६१ हजार ७४८ मतदाता थिए । 


इलाममा आजै मतगणना हुने जनाइएको छ । इलाम नगरपालिका– ७ स्थित गौतम बुद्ध सभागृहमा साँझ ११ः०० बजेभित्र मतपेटिका संकलन हुने आयोगले जनाएको छ । 


बझाङमा भने  हवाइ मार्गबाट पनि मतपेटिका ढुवानी गर्नुपर्ने भएकाले आइतबार मात्र मतगणना हुने भएको हो । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD