काठमाडौं । बाणिज्य बैंकहरुले चालु आर्थिक २०८०/०८१ को साउन देखि चैत्रसम्म वित्तिय विवरण सार्वजनिक गरेका छन ।
चालु २० बाणिज्य बैंकहरुको विवरण सार्वजनिक भए अनुसार नाफा बढाएका बैंकहरूमा कृषि विकास, एभरेस्ट, नेपाल इन्भेस्टमेन्ट मेगा, प्राइम, हिमालयन, लक्ष्मी सनराइज र सिद्धार्थ बैंक छन ।
यी बैंकहरु मध्ये कृषि विकास बैंकको सबैभन्दा धेरै ९७ प्रतिशत नाफा बढेको छ भने नेपाल बैंकको सबैभन्दा धेरै ९२ प्रतिशतले घटेको छ ।
कृषी विकास बैंकले चालु आ.व.को चैत्रसम्ममा २ अर्व ५ करोड ३१ लाख नाफा कमाएको छ, गत आ.व. २०७९ चैत्रसम्मा १ अर्ब ४ करोड १० लाख नाफा घटाउँदा ९७.२२ प्रतिशत हुन आउँछ । यो भनेको बैंकले नाफा बढाएको हो ।
नविलले सबैभन्दा धेरै ४ अर्ब ६६ करोड खुद नाफा कमाएपनि बैंकको नाफा भने ८.७ प्रतिशतले घटेको हो ।
सोही अवधिमा नेपाल बैंकको नाफा सबैभन्दा कम १३ करोड ५ लाख रुपैयाँ छ ।
नाफा घटाएका बैंकहरुमा स्टायण्डर्ड चार्टर बैंक, एनएमबी बैंक, ग्लोबल आइमई, कुमारी बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, सानिमा, एनआइसी एसिया, एसविआई, नबिल, सिटिजन्स राष्ट्रिय बैंक छन ।
उदाहरणको रुपमा कुमारी बैंकले चालु आ.व.को चैत्रमा १ अर्ब ५ करोड २७ लाख नाफा कमायो गत आ.व.को चैत्रमा १ अर्ब ३० करोड १६ लाख नाफा घटाउँदा आउने अन्तर – १९.११ प्रतिशत हुन आउँछ ।
यो प्रतिशत भनेको गत आ.व.को ९ महिनाको तुलनामा घाटा हो ।
सार्वजनिक वित्तीय विवरणअनुसार यी बैंकहरूको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४६ प्रतिशतले घटेको छ ।
चालु आर्थिक वर्षको ९ महिनामा २० वाणिज्य बैंकले ४० अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएका छन, जबकि गत आर्थिक वर्षको यसै अवधिमा ४७ अर्ब १ करोड कमाएका थिए ।
Categorized in बैंक