८ जेठ २०८१, मंगलबार
Header

पाटनमा उसु सान्दा प्रतियोगिता सुरु (तस्वीर र भिडियो)


प्रकाशित: मंगलवार, १८ बैशाख २०८०, २१ः१० बजे
- महानगरखबर

काठमाडौं । ललितपुरको पाटन मंगलवजारमा प्रथम वि.पि.स्मृति खुल्ला राष्ट्रिय उसु सान्दा प्रतियोगिता सुरु भएको छ । 


आज मंगलवारबाट सुरु भएको उक्त प्रतियोगित भोली सम्म हुने आयोजक ललितपुर उसुु संघका अध्यक्ष पञ्चनारायाण महर्जनले जानकारी दिए । 

 


कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्काले गरेका थिए ।


सो अवसरमा उनले वि.पीको तस्वीरमा माल्र्यापण गरी प्रतियोगितको शुुभारम्भ गरेको थियो । 

 


प्रतियोगिताका परिकल्पानाकार बागमित प्रदेश सभा सदस्य मिनकृष्ण महर्जनले यस खेलको आयोजनाबाट उसु खेलाडीहरुलाई प्रोत्साहन हुने तथा राज्यको पनि ध्यानाकर्षण हुने विश्वास व्यक्त गरेका छन । 


नेपाल उसु महासंघका सचिव निकेश श्रेष्ठले उसु खेल एक किसिमको जोखिम र डरलाग्दो खेल भएकोले विशेष ध्यान दिनु पर्ने बताए । 

 


उनले उसु खेलमा दुुईवटा विद्या हुने बताउँदै अहिले हुन लागेको सान्दा भएको र अर्को थावलो खेल हुने बताए । 


उसुको विकासको लागि खेलाडीहरुलाई खेलकुद परिषदले विशेष ध्यान दिएर खेलाडीहरुको जीवन विमाको व्यवस्था गरिदिन आवश्यक रहेको सुनाए । 

 

 


तस्वीर र भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD