४ जेठ २०८१, शुक्रबार
Header

पशुुपतिनाथ जलहरी प्रकरणमा ३ जनाले पाए सफाई


प्रकाशित: मंगलवार, १८ बैशाख २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनाले सफाइ पाएको छ । 


विशेष अदालतका विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापा सहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ असोजमा पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


उनीहरुमाथि एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । अख्तियारले जलहरी राख्ने क्रममा करिव डेढ किलो सुन हिनामिना भएको दावी गरेको थियो । 


आयोगका अनुसार पशुपति क्षेत्र विकास कोषले नेपाल राष्ट्र बैंकबाट १०२ किलो ६१४ ग्राममात्रै शुद्ध सुन खरिद गरेकोमा जलहरी निर्माणमा १०० किलो ८५ ग्राममात्रै शुद्ध सुन फरक परेको थियो ।

 
२९ माघ २०७७ मा जलहरी निर्माण सुरु गरेका पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले सबै काम सकिएपछि १० किलो ९७६ ग्राम सुन बाँकी रहेको भनी मुचुल्का गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD