काठमाडौं । नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ ।
शनिवार त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भएको दोस्रो खेलमा सो जित हासिल गरेको हो ।
नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।
नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।
यसअघि कीर्तिपुर मैदानमा भएको लिग टु को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।
Categorized in मनोरन्जन