८ जेठ २०८१, मंगलबार
Header

डिजेल र मट्टीतेलको मूल्य घट्यो


प्रकाशित: मंगलवार, १८ बैशाख २०८१, २१ः५० बजे
- महानगरखबर

काठमाडौं । नेपाल आयल निगम डिजेल र मट्टीतेलको भाउ घटाएको छ। 


बुधबार बिहान एक बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई÷दुई रूपैयाँ घटाएको हो । 


निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ०.२ रूपैयाँ र डिजेलमा २ रूपैयाँ ४५ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ ।
निगमले पेट्रोल र खाना पकाउने ग्यासको भाउ यथावत राखेको छ ।


नयाँ मूल्य अनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा १५६ रुपियाँ
पर्छन । 


त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा लिटरको १५८ रूपैयाँ पर्नेछ।


तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा डिजेल र मट्टीतेल लिटरको १५९ रूपैयाँ पर्नेछ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD