काठमाडौं । स्थानीय र सम्पदा अभियान्ताहरुको चर्को विरोधपछि सुन्धाराको भित्तामा लेखिएको जीवित देवी कुमारीको चित्र हटाएको छ ।
जीवित देवी कुमारीको चित्र सरोकारवाला व्यक्ति, गुठीहरुसँग कुनै छलफल नै नगरी मनपरी ढंगबाट चित्र कोरोर काठमाडौंकी संस्कृति देवीको अपमान भएको भन्दै विरोध हुन थालेपछि हटाएको हो ।
कुमारीको वास्तविक रुप भन्दा विल्कुलै फरक र मनपरी ढंगबाट आकृतिनै विगारेपछि सो को विरोध हुन थालेको थियो ।
इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले पनि महानगरको सो कार्यप्रति आपत्ति जनाउँदै हटाउन आग्रह गरेको थियो ।
कुमारीलाई यसरी सार्वजनिक रुपमा जथाभावी प्रस्तुत गर्न नमिल्ने स्थानीयहरुको भनाई छ ।
हरेक वर्षमा इन्द्रजात्राको दिन र कुमारी देखाइने जात्राहरुबाहेक कुमारीलाई कहि पनि सार्वजनिक रुपमा देखाइदैन ।
सर्वत्र आलोचना हुन थालेपछि अहिले सो चित्र हटाएपनि यस विषयमा महानरले कुनै प्रतिक्रिया भने दिएको छैन ।
काठमाडौं महानगरले महानगरभित्रका सार्वजनिक भित्ताहरुमा काठमाडौंका संस्कृति झल्कने चित्रहरु लेख्ने अभियानको सुरुवात गरेको छ ।
Categorized in सम्पदा/संस्कृति