काठमाडौं । काठमाडौं जिल्लामा कक्षा १२ को परीक्षा केन्द्र स्वचालित (र्यान्डम) विधिबाट तोकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले काठमाडौं जिल्लामा कक्षा १२ को परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेर तोकिएको बताएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा प्रयोगमा ल्याएको हो।
यस प्रविधिमा हरेक विद्यालयका परीक्षार्थीको संख्या र परीक्षा केन्द्रको सिट संख्याको आधारमा विद्यालय र केन्द्रको अक्षांश र देशान्तरको आधारमा दुरी निकालिएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले यस स्वचालित विधिबाट परीक्षा केन्द्र तोक्न निर्देशन दिए अनुसार गरिएको हो ।
एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी बाँडिएको छ ।
हेरौं परीक्षा केन्द्रः
Categorized in प्रबिधि