काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा मेला सुरु भएको छ । यसलाई नेवाः समुदायले ‘ल्हुति पुन्हि’ मेला पनि भनिन्छ ।
धारामा स्नान तथा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ । घुइँचोको कारण सो स्थान भएर चल्ने सवारी साधन डाइभर्सन गरिएको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बालाजु बाइसधारामा मेला आजबाट मेला पाँच दिनसम्म लाग्नेछ ।
बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पूण्य प्राप्त हुने जनविश्वास छ ।
मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसंग जोडिएको छ । ल्हुती पूर्णिमाको मेलासँगै मनमैजु जात्रा पनि सुरु हुन्छ । यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।
भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने अनुमान गरिएको छ ।
तस्वीरहरुः रमेश शाक्य/महानगरखबर
Categorized in सम्पदा/संस्कृति