काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण जितेकी छिन ।
उनले यू–२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन । गएराति भएको खेलमा एरिकाले क्यानडेली खेलाडीलाई ९–० ले पराजित गरेकी थिइन ।
सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा पराजित हुँदै १ रजत जितेकी छन ।
आज बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा ३–२ ले पराजित भएकी थिइन ।
Categorized in मनोरन्जन