काठमाडौं । इलाम–२ मा आइतवार १२ बजेपछि मतगणना सुरू भएको छ ।
इलाम नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरू भएको हो ।
फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतदान केन्द्रमा खसेको मतबाट गणना सुरू भएको हो ।
चुलाचुली र माङसेबुङ गाउँपालिका, माई, देउमाई र इलाम नगरपालिकाको मत गणना गर्ने तयारी छ । मतपरिणाम एक घण्टाको फरकमा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।
तार जालीले गरिएको मतगणनास्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ११ वटा सिसी क्यामरा जडान गरिएको छ ।
मतगणनाको परिणाम चोक बजारमा डिस्प्लेमार्फत मतगणनाको अपडेट गरिनेछ ।
शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो । यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता मध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन ।
Categorized in राष्ट्रिय