८ जेठ २०८१, मंगलबार
Header

आर्थिक बृद्धिदर ३.८७ हुने, अर्थतन्त्रको आकार ५७ खर्ब ५ अर्ब 


प्रकाशित: मंगलवार, १८ बैशाख २०८०, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेको छ । 


सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

 
चालु आर्थिक वर्षमा सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेको थियो तर तथ्यांकले कम देखाएको छ । 


कार्यालयका अनुसार उपभोक्ता मूल्यमा ३.८७ प्रतिशतको वृद्धिदर भए पनि आधारभूत मूल्यमा भने ३.५४ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।


यस्तै, यस आर्थिक वर्षको अन्त्यसम्म अर्थतन्त्रको आकार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आकार ५७ खर्ब ५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । 


कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD