काठमाडौं । सुन प्रतितोला २ हजार ७ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार छपावाला सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ८५० मा कारोवार भईरहेको छ । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो ।
आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ ।
Categorized in बजार