काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधवार (आज) देखि काठमाडौं विभिन्न स्थानमा विद्युत आफूर्ति बन्द हुने जनाएको छ ।
महाराजगञ्ज वितरण केन्द्र अन्तर्गत्को प्रणालीमा विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकाले आज देखि केही घण्टा फागुन २२ गतेसम्म आपूर्ति बन्द हुने भएको हो ।
बुधबार महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जानेछ ।
बिहीबार अर्थात फागुन १७ गते सामुखुसी र गोंगबु फिडरअन्तर्गतका गोंगबु, सामाखुशी, टाउन प्लानिङ क्षेत्रहरूमामा १० बजेदेखि २ बजेसम्म बत्ति हुनेछैन ।
त्यसैगरी, फागुन १८ गते शुक्रबार चपली घुम्ती चोक र पासिकोट क्षेत्रहरूमा बत्ती जाने प्राधिकरणले जानकारी दिएको छ ।
शनिबार हेपालीहाइटदेखि धापासी विद्यालय हुँदै दहाल गौंडासम्मको क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले सूचनामार्फत् जानकारी दिएको छ ।
फागुन २० गते आइतबार इभरेष्ट बैंक हुँदै लाजिम्पाटदेखि राष्ट्रपति भवन, टुँडालदेवी सम्मको क्षेत्रमा बत्ति हुने छैन ।
फागुन २१ गते गोल्फुटार पेट्रोल पम्पदेखि बसुन्धरा क्षेत्रसम्म र फागुन २२ गते गोल्फुटारदेखि ह्याम्स अस्पतालसम्मको क्षेत्रमा विद्युत आपूर्ति विहान १० बजेदेखि २ बजेसम्म बन्द हुने प्राधिकरणले जनाएको छ ।
Categorized in प्रबिधि